दफा १६
पशु चिकित्सकहरुको श्रेणी
यस ऐन बमोजिम पशु चिकित्सकहरुको नाम दर्ता गर्ने प्रयोजनको
लागि देहाय बमोजिमको योग्यता भएका पशु चिकित्सकहरुलाई देहाय बमोजिमको श्रेणीमा
राखिएकोछ ः–
(क) “क श्रेणी” ः मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा
विद्यावारिधि उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव
भएको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा स्नातकोत्तर
उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएको वा
मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा स्नातक उपाधि हासिल
गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव भएको वा मान्यता प्राप्त
शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा स्नातक उपाधि हासिल गरी नेपाल
सरकारको सेवामा कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको पदमा वा
विश्वविद्यालयमा कम्तीमा सहप्राध्यापकको पदमा कार्यरत पशु चिकित्सक ।
(ख) “ख श्रेणी” ः मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा
विद्यावारिधि उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव
भएको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उपाधि हासिल गरी
सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको वा मान्यता प्राप्त शिक्षण
संस्थाबाट पशु चिकित्सा विज्ञानमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा
कम्तीमा दश वर्षको अनुभव भएको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु
चिकित्सा विज्ञानमा स्नातक उपाधि हासिल गरी नेपाल सरकारको सेवामा
कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको पदमा वा विश्विद्यालयमा कम्तीमा
उपप्राध्यापकको पदमा कार्यरत पशु चिकित्सक ।
(ग) “ग श्रेणी” ः मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु चिकित्सा विज्ञानमा कम्तीमा
स्नातक उपाधि हासिल गरेको पशु चिकित्सक ।